२१ चैत्र २०८२, शनिबार | April 4, 2026

७ वटै प्रदेश प्रमुख हटाउने तयारीमा सरकार, पहिलो चरणमा गण्डकी, प्रदेश २ र लुम्बिनीका प्रमुख हटाइँदै



काठमाडौं । सरकारले ७ वटै प्रदेशको प्रदेश प्रमुखहरु परिवर्तन गर्ने अभ्यास शुरु गरेको छ । सत्ता पक्षीय गठबन्धनको सुझाव र प्रदेशका सत्ता पक्षीय पार्टीहरुको मागलाई ध्यानमा राख्दै प्रदेशका प्रमुख परिवर्तन गर्ने तयारी गरेको सत्ता निकट उच्च स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार सत्तारुढ गठबन्धन भित्र दलगत भागवण्डा समेत मिलिसकेको र सम्भवत आज बस्ने मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गर्ने छ ।

पहिलो चरणमा प्रदेश नम्बर २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुखलाई हटाउने र अर्को चरणमा बाँकी प्रदेशका प्रदेश प्रमुखहरुका बिषयमा निर्णय गर्ने सहमति भएको बताईएको छ । प्रदेश सरकारबाट प्रदेश प्रमुखहरुको दुरुपयोग भएको र ओली सरकारले पुर्वाग्रह राखेर परिवर्तन गरिएका ३ प्रदेशका प्रदेश प्रमुखहरुलाई पहिलो चरणमा हटाउने सरकारको तयारी रहेको सत्तापक्षीय गठबन्धनका एक नेताले पुष्टि गरेका छन् ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय हुन सक्ने ती नेताले बताए । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक ३ बजेका लागि बोलाएका छन् ।

ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा राजेश अहिराज, गण्डकी प्रदेशमा सीता कुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादवलाई नियुक्त गरेकी थिईन् । तीनै जना प्रदेश प्रमुखहरुको क्रियाकलाप निश्पक्ष नभएको र दलगत स्वार्थका आधारमा काम गरेको सत्ता पक्षको ठहर छ ।

हाल प्रदेश १ मा सोमनाथ प्यासी, प्रदेश २ मा डा.राजेश झा अहिराज, बागमती प्रदेशमा विष्णु प्रसाई, गण्डकीमा सीता कुमारी पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  २ : ५४ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा