३० चैत्र २०८२, सोमबार | April 13, 2026

पूर्वसभामुख कृष्णबहादुर महरालाई पाटन उच्च अदालतबाट पनि सफाइ



काठमाडौं । जबर्जस्ती करणी उद्योग मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् ।

पाटन उच्च अदालतले काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको हो । मंगलबार उच्च अदालतका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्ने फैसला गरेको उच्च अदालत पाटनका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उच्च अदालतमा २०७७ पुस १७ मा महराविरुद्ध रिट दायर भएको थियो । काठमाडौं जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै सरकारी वकिलको कार्यलयले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

सभामुख बहाद रहेका बेला महराले संसद् सचिवालयमा काम गर्ने एक कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको मुद्दा दायर भएको थियो । आरोप लागेपछि महराले २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो । त्यसपछि प्रहरीले उनलाई असोज १९ गते सभामुख निवासबाटै पक्राउ गरेको थियो । त्यसपछि अदालतले उनलाई पूपक्षका लागि डिल्लीबजार कारागार पठाएको थियो । पाँच महिनासम्म कारागारमा रहेका महरालाई काठमाडौं जिल्ला अदालतले २०७६ फागुन ५ गते सफाइ दिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ३२ बजे

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक

कृषि विकास कार्यालयद्वारा पैँतालीस करोड अनुदान वितरण

नवलपुर । कृषि विकास कार्यालयले करिब रु ४५ करोड अनुदान

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

कञ्चनपुर । चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ