११ बैशाख २०८१, मंगलबार | April 23, 2024

संसदीय दलको नेता चयन गर्न जसपाले बनायो निर्वाचन समिति



काठमाडौं । जनता समाजवादी पार्टी जसपाले संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको छ ।

जसपाको आज बसेको कार्यकारिणी समिति बैठकले दलको विधानलाई पारित गर्दै नेता चयनका लागि प्रक्रिया सुरु गरेको हो ।

दलको नेता चयनका गर्न जसपाले ३ सदस्यीय निर्वाचन समिति गठन गरेको नेता मोहम्मद इस्तियाक राईले बताएका छन् । नवराज सुवेदी संयोजक रहेको समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहेका छन् ।

बैठकले निर्वाचन आयोग र अदालतमा रहेका मुद्दा मामिला हेर्ने जिम्मा प्रकाश अधिकारीलाई तोकेको छ ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि जसपाको आज कार्यकारिणी बैठक बसेको हो । बैठकमा ३४ जना कार्यकारिणी सदस्यहरु उपस्थित भएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ४९ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै