१९ असार २०८३, शुक्रबार | July 4, 2026

विश्वासको मत लिने तयारीमा लुम्बिनी प्रदेश सरकार, प्रदेश प्रमुख परिवर्तनले सरकारलाई केही फरक नपर्ने सरकारको भनाई



बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले प्रदेश सरकारले छिट्टै संसदबाट विश्वासको मत लिने तयारीमा रहेको बताएका छन् । सरकारको निर्णयहरु सार्वजानिक गर्न आयोजित कार्यक्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता चौधरीले विपक्षी गठबन्धनबाट बैधानिकताका सम्बन्धमा धेरै प्रश्न उठान भएका कारण मुख्यमन्त्री शंकर पोखरेलले छिट्टै विश्वासको मत लिने तयारी भएको बताए ।

मुख्यमन्त्रीमा नियुक्त हुँदा एमालेको एकल मतका आधारमा नियुक्त भएका मुख्यमन्त्री पोखरेलले सरकारलाई थप बलियो बनाउने भन्दै अर्को दललाई पनि सरकारमा सहभागी बनाएपछि उनलाई विश्वासको मत लिन दवाव परेको हो । यद्देपी उनले एमालेको एक बहुमत देखाउन प्रस्तुत गरेको दाबी पत्रमा किर्ते हस्ताक्षर गरिएको विपक्षी गठबन्धनको आरोप छ । उनले प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेको अघिल्लो दिनमै २ जना एमाले सांसदले राजीनामा दिएको र एकजना सांसदले माओवादी केन्द्र रोजेका कारण पोखरेलको दाबी झठो भएको विपक्षीको आरोप छ ।

विपक्षीले बैधानिकताको प्रश्न लगातार उठाएपनि मुख्यमन्त्री पोखरेलले भने बेवास्ता गर्दै आएका छन् । उनले यस अघि अल्पमतमा परेको दिन एक मिनट पनि सरकारमा नबस्ने घोषणा समेत गरेका थिए । पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता चौधरीले छिट्टै सरकारले विश्वासको मत लिने र मत पाए सरकार चलाउने नपाए छोडिदिने बताए ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका प्रवक्ता चौधरीले जनता समाजवादी पार्टीको विवादमा आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपनि त्यसले लुम्बिनी प्रदेशमा तत्काल फरक नपार्ने दाबी गरे । चौधरीले संघीयतामा प्रदेशले संघकै संरचना मान्नु पर्ने आवश्यक नरहेको बताउँदै फरक संरचना पनि बनाउन सकिने बताए । उनले जसपा केन्द्रीय संरचना वा प्रदेश प्रमुख फेरबदलले सरकारलाई खासै असर नगर्ने पनि बताए ।

वैशाख १९ मा सरकार गठनका बेला लुम्बिनी प्रदेशसभामा रहेका ८१ सदस्यमध्ये एमालेका मात्र ४१ सांसद देखाएर मुख्यमन्त्रीमा शंकर पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार शपथ लिएका थिए । तर त्यस अघि नै दुईजना एमाले सांसदको राजीनामा र १ जनाले माओवादी केन्द्र रोजेका कारण पोखरेलको सपथ अवैध भएको विपक्षीको दाबी रहँदै आएको छ । सरकार गठनपछि अहिले एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्यको समर्थनमा सरकार टिकेको छ । विपक्षी गठबन्दनमा पनि ४१ सदस्य नै छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : ५६ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०