२ पुस २०८२, बुधबार | December 17, 2025

लुम्बिनी प्रदेश सरकारका ३ मन्त्रीलाई जसपाद्वारा पुनः कारवाही



काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभामा जसपाबाट निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारबाही गरिएको कार्यकारिणी सदस्य मोहम्मद इस्तयाक राइले जानकारी दिए ।

जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो, तर उनीहरुले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा पुनर्वाहालीको अन्तरिम आदेशबाट उनीहरुको प्रदेशसभा सदस्य पद कायम रहेको थियो । तत्कालै जसपाको निर्णयको आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरु सांसद नरहेको भनी सूचना प्रकाशन गरेको थियो ।

उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै उनीहरुलाई जसपाले फेरि कारबाही गरेको हो ।

लुम्बिनी प्रदेश सरकारमा जसपाका ४ जना सांसद सहभागी भए पनि केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् । सुमन शर्मा रायमाझी मुलधारमा फर्केका कारण उनलाई कारवाही नगरिएको नेता राइले बताए ।

केन्द्रीय सदस्य राइका अनुसार मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान अनुमोदन गर्दै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : १० बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि