१५ बैशाख २०८१, शनिबार | April 28, 2024

कक्षा १२ को परीक्षा होम सेन्टरबाट



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा होम सेन्टरबाटै गराउने भएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा उपस्थित परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्ष १२ कक्षाको परीक्षा होमसेन्टरबाट गर्न लागेको जनाएका हुन् ।

सदस्यसचिव अर्यालले कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका कारण यस पटक पनि होम सेन्टरबाट परीक्षा लिन लागिएको बताए ।

भौतिक उपस्थितिमा परीक्षा लिँदा विद्यार्थीहरु एक ठाउँबाट अर्को ठाउँमा जानुपर्ने, यातायातको समस्या र कोठा पाउने समेत समस्या भएको उनले बताए । कोरोना जोखिम नहोस भन्नकै लागि होम सेन्टरको विकल्प चयन गरिएको अर्यालले बताए ।

कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष पनि कक्षा १२ लगायत सबै परीक्षा प्रभावित भएका थिए । १२ को परीक्षा मंसिर ९ गतेदेखि १६ गतेसम्म भएको थियो । त्यतिबेला परीक्षा बोर्डले सोही वर्षका लागि मात्र परीक्षा कार्यविधि परिवर्तन गरेर परीक्षा लिएको थियो ।

 

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १२ : २३ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म