२१ माघ २०८२, बुधबार | February 5, 2026

चिनियाँ समकक्षी ली खछ्याङले दिए प्रधानमन्त्री देउवालाई बधाई, रणनीतिक साझेदारीलाई नयाँ उचाईमा पु-याउने विश्वास



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षीले बधाई सन्देश पठाएका छन् ।

प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिनपछि चिनियाँ समकक्षी लि खछ्याङले देउवालाई बधाई सन्देश पठाएका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ली खछ्याङले देउवालाई बधाई सन्देश पठाएको जानकारी गराएकी छिन् ।

बधाई सन्देशमा प्रधानमन्त्री ली ले नेपाली समकक्षीसँग मिलेर दुई देशबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाईमा पुर्याउन चाहेको बताएका छन् ।

प्रधानमन्त्री खछ्याङले कोरोना महामारीको चुनौतिहरू पार गर्न, उच्चगुणस्तरीय बीआरआई परियोजना प्रवर्द्धन गर्न, पारस्परिक लाभदायक सहयोग विस्तार गर्न र दुई देशको रणनीतिक साझेदारीलाई निरन्तरता दिनको लागि मिलेर काम गर्ने अपेक्षा गरेकाे चिनियाँ समातरचार संस्था सिन्ह्वाले जनाएको छ । 

नेपाल र चीनबीच उच्चस्तरको मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको छ । नेपालाई सहायता गर्ने मुलुकमा चीन सबैभन्दा अगाडि छ । कोरोना भाइरसको महामारी विरुद्धको लडाईंमा सघाउन चीनले नेपाललाई ३४ लाख डोज कोरोना खोप उपलब्ध गराएको छ । यसमध्ये १८ लाख डोज खोप नेपाल आइसकेको छ । चीनले यसबाहेक कैयौं स्वास्थ्य सामाग्री र उपकरणहरु समेत सहायता गरेको छ ।

नेपालको सबैभन्दा ठूलो विकास साझेदार मुलुक हो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ६ : १७ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता