७ पुस २०८२, सोमबार | December 22, 2025

कोटेश्वर पुगेर माधव नेपाल भेटे प्रचण्डले



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटवार्तामा प्रचण्डले नेता नेपाललाई मन्त्रिपरिषद् विस्तार गरिहाल्नु पर्ने भएका कारण आफ्नो समुहको धारणा दिन आग्रह गरेका छन् ।

एमालेको नेपाल पक्षभित्र सरकारमा सहभागी हुने र नहुनेबीच छलफल चलिरहेको छ । पार्टीभित्रै एकता प्रक्रिया चलिरहेका कारण अहिलेकै अवस्था र हैसियतमा नेपाल पक्ष सरकारमा सहभागी हुन कानूनी रुपमा अप्ठेरो रहेको छ । तर, सांसदहरुबाहेक नेपाल निकट अन्य व्यक्तिहरुलाई भएपनि सरकारमा सहभागी गराउन सत्तारुढ गठबन्धनले आग्रह गरिरहेको छ ।

प्रचण्डले आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । सत्तारुढ गठबन्धनले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्न चाहेको छ ।

दलहरुबीच मन्त्रालयको संख्याको भागवण्डा समेत मिलिसकेको बताइएको छ । जसअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्रालय, माओवादी केन्द्र र जसपाले ७ मन्त्रालय पाउने सहमति गरिएको बुझिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ३ : ०७ बजे

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको