१२ श्रावण २०८१, शनिबार | July 27, 2024

जसपा विवादबारे महन्थ ठाकुरको रिट निवेदन न्यायाधीशद्वय खतिवडा र चुडालको इजलासमा



काठमाडौं । जनता समाजवादी पार्टी नेपालको आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णय विरुद्ध जसपाकै महन्थ ठाकुर पक्षले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा परेको छ ।

जसपाको अध्यक्षका हैसियतले महन्थ ठाकुरले निर्वाचन आयोगको आधिकारिकतासम्बन्धी प्रक्रिया रोक्न माग गर्दै रिट निवेदन दिएका थिए । ठाकुरले पार्टीको कार्यकारिणी समितिमा आफुले थपेका सदस्यहरुलाई आधिकारिता दिनुपर्ने माग गरेका थिए ।

उनले त्यसका विवाद निरूपण नगरी निर्वाचन आयोगले पुरानो कार्यसमितिलाई मान्यता दिएर बहुमत र अल्पमतको परीक्षण गर्न थालेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए । सो रिटमाथि सर्वोच्चले न्यायाधीशद्वय खतिवडा र चुडालको संयुक्त इजलासमा पेसी तोकेको हो ।

यसअघि सर्वोच्चले सो रिटमाथि यही साउन १० गते प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो । त्यसको भोलिपल्ट सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिक मान्यता दिइसकेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ११ : ५३ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान