१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

एसीसीसम्बन्धी सबै सम्झौता संसदमा पेश गर्न भीम रावलको माग



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँग भएका सबै सम्झौताहरु संसदमा पेश गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेता रावलले मूल सम्झौतासँगै भएका सबै सम्झौता संसदमा पेश गर्न माग गरेका हुन् । उनले एमसीसीको नाममा राष्ट्रलाई नै अहित हुने गरी गोप्य सम्झौता भएको दाबी गरे । रावलले एमसीसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको तर, कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको भन्दै संसदमा पेश गर्नुपर्ने अडान राखेका हुन् ।
रावलले संसद छलेर गरिएका कुनै पनि सम्झौता मान्य नहुने स्पष्ट पारे ।

रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम शुरु भइसकेको बताए । सबै सम्झौता संसदबाट सार्वजनिक र अनुमोदन नभई त्यसलाई कार्यान्वयन गर्न नहुने उनले बताए । उनले भने, ुयदि एमसिसी पास गर्ने हो भने पहिले त्यसका सबै सम्झौतका दस्तावेज संसदमा सार्वजनिक हुनुपर्छ।ु रावलले ‘ एमसीसीमा भएका स्वाधीनता, राष्ट्रियहित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु परिवर्तन नभई सम्झौता कार्यान्वयन गरिए राष्ट्रघात हुने दाबी गरे ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : ०८ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु