२० असार २०८३, शनिबार | July 5, 2026

एसीसीसम्बन्धी सबै सम्झौता संसदमा पेश गर्न भीम रावलको माग



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँग भएका सबै सम्झौताहरु संसदमा पेश गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेता रावलले मूल सम्झौतासँगै भएका सबै सम्झौता संसदमा पेश गर्न माग गरेका हुन् । उनले एमसीसीको नाममा राष्ट्रलाई नै अहित हुने गरी गोप्य सम्झौता भएको दाबी गरे । रावलले एमसीसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको तर, कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको भन्दै संसदमा पेश गर्नुपर्ने अडान राखेका हुन् ।
रावलले संसद छलेर गरिएका कुनै पनि सम्झौता मान्य नहुने स्पष्ट पारे ।

रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम शुरु भइसकेको बताए । सबै सम्झौता संसदबाट सार्वजनिक र अनुमोदन नभई त्यसलाई कार्यान्वयन गर्न नहुने उनले बताए । उनले भने, ुयदि एमसिसी पास गर्ने हो भने पहिले त्यसका सबै सम्झौतका दस्तावेज संसदमा सार्वजनिक हुनुपर्छ।ु रावलले ‘ एमसीसीमा भएका स्वाधीनता, राष्ट्रियहित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु परिवर्तन नभई सम्झौता कार्यान्वयन गरिए राष्ट्रघात हुने दाबी गरे ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  २ : ०८ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी