३० चैत्र २०८२, सोमबार | April 13, 2026

निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुरद्वारा सर्वोच्चमा रिट दायर



काठमाडौं । जसपा आधिकारिकताको विषयमा निर्वाचन आयोगको निर्णय विरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आयोगले साउन ११ गते जसपाको केन्द्रीय कार्यकारिणी सदस्यहरुको हेड काउन्ट गरेर आधिकारिकताको निक्र्यौल गरेको थियो । ५१ सदस्यीय कार्यकारिणीमा उपेन्द्र यादवको पक्षमा ३४ जना सदस्यले सनाखत गरेपछि आयोगले यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको थियो ।

ठाकुरको पक्षमा १६ जना सदस्यले मात्र हस्ताक्षर गरेका थिए । आयोगको सो निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन हुने र यसबाट पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन समाप्त हुने सम्भावना रहेको जिकिर गर्दै ठाकुरले रिट दायर गरेका हुन् ।

‍ठाकुरको तर्फबाट वारेस प्रदीपकुमार पाठकले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश माग्दै भनिएको छ, ‘निर्वाचन आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने सम्भावना रहेकोले मसमेत सम्पूर्ण सरोकारवालालाई अपुरणीय क्षति पुग्ने भएकाले सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु नागाउनु भनी अन्तरिम आदेश जारी गरी पाउँ ।’

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/07/Mahantha-Thakur-writ.pdf”]

 

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : ४४ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको