२२ चैत्र २०८२, आइतबार | April 5, 2026

ऊर्जामन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले शिष्टाचार भेट गरेकी छिन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ ।

मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताइन् । ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ ९बिआरआइ०को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिइन् ।

चीनमा उच्च अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोभिड–१९ का कारण स्वदेश फर्कनु परेको उल्लेख गर्दै मन्त्री भुसालले ती विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन विशेष आग्रह गरिन् । चीन सरकारले नेपाललाई खोप उपलब्ध गराएर जनस्तरमै गुन लगाएको भन्दै मन्त्री भुसालले चीन सरकारप्रति आभार प्रकट गरिन् । उनले नेपालको विकासमा चीनले पु¥याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरिन् ।

भेटमा चिनियाँ राजदूत होउले विकासका लागि अत्यन्त महत्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त मुलुक भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन । चिनियाँ कम्पनीले जलविद्युत्का क्षेत्रमा राम्रो अनुभव हासिल गरेको बताउँदै उनले उनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराइन ।

चिनियाँ पावर कन्स्ट्रक्सन कम्पनीले नेपालको माथिल्लो तामाकोशी, त्रिशुली थ्रि ‘ए’लगायत आयोजनामा काम गर्दै आएको उल्लेख गर्दै राजदूत होउले ती आयोजनामा देखिएका समस्यालाई सुल्झाएर अगाडि बढ्नुपर्नेमा जोड दिइन ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ३ : ५७ बजे

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौं । कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’ विरुद्धको

अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

दमौली । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि