३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

लुम्बिनी प्रदेशकी सांसद बिमला वली शुक्रबार रातीबाट सम्पर्क बिहिन !



बुटवल । लुम्बिनी प्रदेशमा राजपा सांसद पुर्मती ढेंगा मगर सम्पर्क बिहिनको खबर सार्वजानिक भएको ३ दिन नबित्दै माओवादी केन्द्र रोजेकी दाङकी सांसद बिमला वली आज(शुक्रबार) रातीबाट सम्पर्क बिहिन भएको अर्को खबर सार्वजानिक भएको छ । लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको विपक्षी गठबन्धनले दाबी गरिरहँदा गठबन्धनमा रहेका सांसदहरु पालो गरिगरि सम्पर्क बिहिन हुने घटनालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

आज अपरान्ह सम्म बुटवलको नयाँ गाँउ स्थित आफ्नै डेरामा रहेकी सांसद वली ८ बजेतिरबाट सम्पर्क बिहिन भएकी प्रदेशसभामा माओवादी केन्द्रका सांसद आईपी खरेलले बताएका छन् । रातीको समयमा गाडी आएर कोठाबाट लिएर गएको स्थानीयबासीलाई हवाला दिँदै सांसद खरेलले बताए । उनले मुख्यमन्त्री शंकर पोखरेलले एकपछि अर्को प्रतिगामी कदम चाल्दै गरेको आरोप लगाउँदै कुनै पनि षडयन्त्र सफल नहुने बताए । ‘शंकरजीहरुले जबर्जस्ती आफ्नो पक्षमा तान्न खोज्दै हुनुहुन्छ, तर बिमला कुनैपनि हालतमा उता जानुहुन्न ।’ खरेलले भने ।

सम्पर्क बिहिनको खबर सार्वजानिक भएसँगै सांसद वलीको मोबाइलमा सम्पर्क गर्दा सम्पर्क भएपनि मोबाइल उठेन ।

नेकपाबाट उप निर्वाचन लडेर बिजयी भएकी सांसद वली गत चैत्र महिनामा माओवादी पार्टी रोजेको भन्दै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र तर्फ सार्वजानिक भएकी थिईन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ११ : ३३ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर