७ चैत्र २०८२, शनिबार | March 22, 2026

रेन्जर दिवस : सार्वजनिक बिदा भनेकै थाहा भएन



काठमाडौं । गत वर्ष कोरोना भाइरसका कारण देशभर बन्दाबन्दी थियो । मोरङको केराबारी साझेदारी वन क्षेत्रमा गस्तीमा रहेका सलकपुर सबडिभिजन वन कार्यालयमा कार्यरत रेन्जर विजय प्रजामाथि शिकारीले अन्धाधुन्ध गोली चलाए । सिकारीको सात राउन्ड फायर छलेर रेन्जर विजय प्रजाको ज्यान जोगियो । सो घटनामा विक्षिप्त हुनुभएका रेन्जर प्रज्ञा सामान्य अवस्थामा आउन महिनौँ दिन लाग्यो ।

गत वर्ष गैँडा गणनामा खटिनुभएका बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी पुलिसराम चौधरीले बाघको आक्रमणबाट ज्यान गुमाउनुप(यो । गैँडा गणनाका क्रममा चितवनमा ध्रुवे हात्तीको आक्रमणमा परी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठको तत्काल हेलिकप्टरबाट उद्धार हुँदा ज्यान त बच्यो तर हालसम्म उनी अस्पतालबाट घर फर्किन सकेका छैनन ।

वन, वन्यजन्तु तथा समग्र जैविक विविधताको संरक्षण गर्दा अग्रपङ्क्तिमा काम गर्ने वन कर्मचारी अर्थात् रेन्जरले भोग्नुपरेका पीडाका यी प्रतिनिधिमूलक घटना हुन् । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घले अग्रपङ्क्तिमा काम गर्ने सबै तहका वन कर्मचारीलाई सम्बोधन गर्ने साझा शब्द ‘रेन्जर’ भनेर परिभाषित गरेको छ । तर नेपालमा भने रेन्जर पदको व्यवस्था गरिएकाले रेन्जर भनेर वन कार्यालयको कर्मचारी भनेर मात्र बुझ्ने गरिन्छ । अग्रपङ्क्तिमा काम गर्ने वन कर्मचारीको हक हितका लागि आवाज उठाउने र शिकारीको गोली लागेर होस् वा वन्यजन्तुको आक्रमणमा परेर होस्, विभिन्न कारणले मृत्युवरण हुन पुगेको वन कर्मचारीको सम्झना गर्ने दिनका रूपमा विश्वभरि ‘रेन्जर दिवस’ मनाउने गरिएको छ । नेपालले पनि शनिबार यो दिवस विभिन्न कार्यक्रमका साथ मनाउनेछ ।

बाँके राष्ट्रिय निकुञ्जमा कार्यरत रेन्जर निलम कार्कीको फिल्ड स्तरमा काम गर्दाको अनुभव निकै चुनौतीपूर्ण रहेको छ । उनलाई गस्तीमा जाँदा आफूभन्दा हतियारले सुसज्जित सिकारीको निसाना पर्ने सम्भावना बासस्थानमा नफर्किउन्जेलसम्म भइरहन्छ । रेन्जर कार्की भन्छन, ‘‘न गर्मी न जाडो । २४ सै घण्टा गस्ती र काममा हिँड्नुपर्छ । सार्वजनिक बिदा भनेकै थाहा भएन अझैसम्म । राति १२ बज्यो भनेर मस्तले सुतेको रात छैन हाम्रो । चोरीसिकारी नियन्त्रणका लागि जति बेला शङ्का लाग्छ, हातको गाँस मुखमा हाल्न छाडेर पनि दौडिनुपर्छ ।’’ यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : १३ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा