३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

रेन्जर दिवस : सार्वजनिक बिदा भनेकै थाहा भएन



काठमाडौं । गत वर्ष कोरोना भाइरसका कारण देशभर बन्दाबन्दी थियो । मोरङको केराबारी साझेदारी वन क्षेत्रमा गस्तीमा रहेका सलकपुर सबडिभिजन वन कार्यालयमा कार्यरत रेन्जर विजय प्रजामाथि शिकारीले अन्धाधुन्ध गोली चलाए । सिकारीको सात राउन्ड फायर छलेर रेन्जर विजय प्रजाको ज्यान जोगियो । सो घटनामा विक्षिप्त हुनुभएका रेन्जर प्रज्ञा सामान्य अवस्थामा आउन महिनौँ दिन लाग्यो ।

गत वर्ष गैँडा गणनामा खटिनुभएका बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी पुलिसराम चौधरीले बाघको आक्रमणबाट ज्यान गुमाउनुप(यो । गैँडा गणनाका क्रममा चितवनमा ध्रुवे हात्तीको आक्रमणमा परी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठको तत्काल हेलिकप्टरबाट उद्धार हुँदा ज्यान त बच्यो तर हालसम्म उनी अस्पतालबाट घर फर्किन सकेका छैनन ।

वन, वन्यजन्तु तथा समग्र जैविक विविधताको संरक्षण गर्दा अग्रपङ्क्तिमा काम गर्ने वन कर्मचारी अर्थात् रेन्जरले भोग्नुपरेका पीडाका यी प्रतिनिधिमूलक घटना हुन् । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घले अग्रपङ्क्तिमा काम गर्ने सबै तहका वन कर्मचारीलाई सम्बोधन गर्ने साझा शब्द ‘रेन्जर’ भनेर परिभाषित गरेको छ । तर नेपालमा भने रेन्जर पदको व्यवस्था गरिएकाले रेन्जर भनेर वन कार्यालयको कर्मचारी भनेर मात्र बुझ्ने गरिन्छ । अग्रपङ्क्तिमा काम गर्ने वन कर्मचारीको हक हितका लागि आवाज उठाउने र शिकारीको गोली लागेर होस् वा वन्यजन्तुको आक्रमणमा परेर होस्, विभिन्न कारणले मृत्युवरण हुन पुगेको वन कर्मचारीको सम्झना गर्ने दिनका रूपमा विश्वभरि ‘रेन्जर दिवस’ मनाउने गरिएको छ । नेपालले पनि शनिबार यो दिवस विभिन्न कार्यक्रमका साथ मनाउनेछ ।

बाँके राष्ट्रिय निकुञ्जमा कार्यरत रेन्जर निलम कार्कीको फिल्ड स्तरमा काम गर्दाको अनुभव निकै चुनौतीपूर्ण रहेको छ । उनलाई गस्तीमा जाँदा आफूभन्दा हतियारले सुसज्जित सिकारीको निसाना पर्ने सम्भावना बासस्थानमा नफर्किउन्जेलसम्म भइरहन्छ । रेन्जर कार्की भन्छन, ‘‘न गर्मी न जाडो । २४ सै घण्टा गस्ती र काममा हिँड्नुपर्छ । सार्वजनिक बिदा भनेकै थाहा भएन अझैसम्म । राति १२ बज्यो भनेर मस्तले सुतेको रात छैन हाम्रो । चोरीसिकारी नियन्त्रणका लागि जति बेला शङ्का लाग्छ, हातको गाँस मुखमा हाल्न छाडेर पनि दौडिनुपर्छ ।’’ यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : १३ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर