१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

ढुंगा, ईट्टा होइन अब ब्लकको जमाना : ईपिएस कंक्रिट ब्लक



बुटवल । गुल्मीको रिडीमा २०२८ सालमा जन्मेका डाक्टर राजन अमात्य नेपालमै पहिलो प्रयोगका रुपमा ईपिएस कंक्रिट ब्लक भित्राएका छन् । परम्परामा ढुंगा र पछिल्लो समयमा ईट्टाको घर बनाउने गरिएको नेपालमा नयाँ बिकल्पका रुपमा उनले ईपिएस कंक्रिट ब्लक भित्राएको बताएका छन् ।

सानो देश भएरपनि क्षणभरमा फरक हावापानीको अनुभूति गर्न सकिने नेपालको हावापानी सुहाउँदो चिसो र तातोले कुनै असर नपर्ने र आगोले समेत नछुने कंक्रिट ब्लक यतिबेला रुपन्देहीको पत्थरगन्जमा धमाधम् बनिरहेको छ ।

फर्मेसी र स्वास्थ्य विषय अध्ययन गरेका राजन स्वास्थ्य क्षेत्रमा मात्र अडिन सकेनन् । फरक फरक प्रयोग गर्ने सानैदेखिको बानीलाई उनले जीवनको मध्य खण्ड पुरा हुँदा पनि प्रयोग गरिरहेका छन् । किशोर अवस्थामा नै आफ्नो अध्ययन अनुसार अस्पतालहरुलाई आवश्यक पर्ने सर्जिकल तथा मेडिकल इक्युप्मेण्ट र स्वास्थ्य सामाग्रीको बिजनेश थालेका डा. राजनले युवा अवस्थादेखि नै एक पछि अर्को बिजनेशमा हात हाल्दै गए । उनको पछिल्लो बिजनेश उद्योग हो ईपिएस कंक्रिट ब्लक उद्योग ।

यस अघि राजनले स्वास्थ्य उपकरणसहित कमर्सियल बैंक, फम उद्योग, पाईप तथा पोलिट्याङ्क, प्लास्टिक जन्य सामाग्री जस्ता उद्योगहरु चलाईसकेका छन् । उनको पछिल्लो प्रयोग ईपिएस कंक्रिट ब्लक उद्योग हो । नेपालको मध्यभागको शहरमा पोलिट्याङ्क र पाईपहरु उत्पादन गर्दा सदियौंदेखि एकलौटी बजार ओगटेका पूर्वका उद्योगहरुसँग प्रतिस्पर्धा नहुने हो कि भन्ने पिरलो थियो, तर बुटवलमा उनी सहितको टिमले संचालनमा ल्याएको पोलिट्याङ्क, पाईप र फम उद्योग यति चले की जसका कारण उनलाई अर्को उद्योग खोल्न थप उत्साह पैदा भयो । अहिले बिहानैदेखि कंक्रिट ब्लक उत्पादनमा राजन निरन्तर खटिएका छन् ।

को हुन् डाक्टर राजन अमात्य ?

रिडीमा २०२८ सालमा जन्मेका डाक्टर राजन अमात्य सानैदेखि जिज्ञासु स्वाभावका थिए । रिडी हाई स्कुलमा विद्यालयसम्मको अध्ययन गरेका उनी गाउमा बुबाहरुको ब्यापारसंगै हुर्किए । एसएलसी सकेर दिल्लीमा प्लस टुसम्म पढे । उनी थप अध्ययन गर्न रसिया गए । रसियामा कार्डियोलोजीमा अध्ययन गर्दै गर्दा उनी त्यहाँका रहनसहन, संस्कारबारे बुझ्न लागे । न्यून तापक्रम हुने त्यहाँका घरहरुको बनावट बुझे । वातावरण मैत्री घर र न्यून बजेटमा बनाउनेबारे जानकारी बटुले । उनले रसिया बस्दा नै नेपालको हावापानी सम्झे । एकैछिनमा तराईको उच्च तापक्रम, केहि घण्टाका यात्रामा पहाडको न्यानो हावापानी र अझै केहि घण्टाको यात्रा गर्दा हिउँ नै हिउँको पहाड र हिमाल । रसियामा निकै रुचाईएको ईपीएस कंक्रिट ब्लक नेपालमा लैजान पाए कति राम्रो हुने थियो भन्दै मनमनै सोँच्न थाले । उनले रसियाकै बसाईमा कंक्रिट ब्लकबाट घर बनाउदा बाहिरी तापक्रमलाई ब्यवस्थापन हुने उनले जानकारी पाए । नेपालको हिमाली, पहाडी र तराइ गरि ३ मौसमलाई अनुकुल हुने यसबाट घर निर्माण गर्न सके त्यसबाट मानिसहरुलाई फाईदा मिल्ने उनले निष्कर्ष निकाले । उनलाई लाग्यो यसले धेरै चिसो वा धेरै तातो ठाउमा पनि घरभित्रको वातावरणलाई बचाउन सक्छ ।

 

यसरी खुल्याे उद्याेग :

अध्ययन सकेर स्वदेश फर्किएका उनी त्यो घर बनाउने प्रविधि भित्राउने मनसाय बनाएर अघि बढे । जसमा उनलाई केही युवा साथीहरुको साथ मिल्यो । सबै युवाहरु मिलेर उद्योगमा लगानी शुरु गरे। नेपालमा यो नया उद्योग थियो । विदेशमा सिकेको अनुभवलाई उनले यहाँ चलाउन शुरु गरे । डि.आर.बिल्डर्स एण्ड मेकर्स प्रालि फर्म दर्ता गरेर ईपिएस कंक्रिट ब्लक बजारमा ल्याउने तयारीमा जुटे । बुटवल उपमहानगरपालिका-१९ पत्थरगंजमा यसको फैक्ट्रीमा रहेको छ । बैक संचालन, प्लास्टिक र पोलिट्याक, पम्प लगायत धेरै क्षेत्रमा हात हालेका उनी यो एउटा नया जमानाको प्रविधि भएको दाबी गर्छन । ‘ढुगा, ईटा हुँदै अब यो ब्रिकको जमाना आएको छ ।’ उनले भने । सिमेन्टको लाईफ बराबर नै यसबाट निर्माण भएको घरको आयु हने उनले बताए । घरमा क्रयाक रोक्ने भएकाले पनि यो निक्कै उपयोगी हुने उनले बताए । विदेशमा रनवेको तल समेत यो राखिने गरेको उनी बताउँछन् ।

के हाे ईपिएस कंक्रिट ब्लक ?

निक्कै कम तापक्रम हुने रसिया होस या अत्याधिक गर्मी हुने दुबईमा लोड ब्यारिङ प्रविधिमा विदेशमा घर निर्माण हुन्छ । ईपिएस कंक्रिट ब्लकको प्रयोगले आगो लाग्ने तराईको समस्या समेत रोक्न सकिने उनी दाबी गर्छन् । ईपिएस कंक्रिट ब्लकमा भाईबर एब्जर र साउण्डप्रुफको क्षमता समेत हुने उनको भनाई छ । सिमेण्ट र अग्निरहित एक प्रकारकाे दानाकाे मिश्रणबाट ईपिएस कंक्रिट ब्लक तयार हुन्छ ।

डाक्टर राजनका अनुसार विश्व बजारमा यो जर्मन टेक्नोलोजीका रुपमा विकास भएको मानिन्छ । बिस्तारै समयसंगै रसियन टेक्नोलोजी विकास भयो जुन अहिले नेपाल भित्रिएको छ । यो ब्लकबाट निर्माण गरिदा सिमेन्ट कम प्रयोग हुने उनको दाबी छ । झण्डै ८ ईट्टा बराबर एक ईपिएस कंक्रिट ब्लक हुने भएको र त्यसको तौल पनि निकै कम हुने भएकाले ईट्टाको भन्दा धेरै गुणा छिटो ईपिएस कंक्रिट ब्लकले घर तयार हुन्छ । नेपालमा पिलर सिस्टम र लोड ब्यारिङ गरि २ प्रकारबाट बनाउने प्रचलन रहेको उल्लेख गर्दै उनले ईपिएस कंक्रिट ब्लकबाट दुबै प्रबिधिको घर छोटो समयमा बन्ने पनि उनले बताए । राजनका अनुसार पिलरमा जति तला बनाउदा पनि फरक नपर्ने र लोडबेयरिङ २-३ तल्लासम्म बनाउन सकिन्छ ।

प्रत्येक आठ घण्टामा ८० क्युबिक मिटर उद्योगको उत्पादन क्षमता रहेको उद्योग संचालनमा ल्याउन लकडाउनले गर्दा २ वर्ष ढिला भएको डा. राजनले बताए । मेशिनहरु रसियाबाट आएको छ । फुल फेजमा गएको खण्डमा २५ कर्मचारीहरुले रोजगार पाउन चिसो र तातो क्षेत्र दुबैमा उपयोगी हुने गरि घर बनाउन सकिने उनको भनाई छ ।

समुहमा विभिन्न विजनेशमा लगानी गरेका युवा उद्यमीहरुको ८ जनाले बुटवलमा यो उद्योग स्थापना गरेका हुन । डेढ बिगाहा क्षेत्रफलमा पुर्वाधार बनाएर अगाडि बढाईएको उद्योगको उत्पादन बजारमा लैजाने तयारीमा रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १० : ४५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम