१० असार २०८३, बुधबार | June 24, 2026

लुम्बिनी क्षेत्रका नागरिक अगुवाले दिए बीआरआई परियोजनाबाट चीनसँग लाभ लिन सुझाव



बुटवल । चीनसंगको नेपालको सम्बन्ध थप गतिशील र उचाईमा पु-याउन गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा क्रियाशिल बुद्धिजिवी र नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका छन् ।

नेपाल–चीन मैत्री समाज लुम्बिनीले चीनसंगको दौत्य सम्बन्धको ६६औं वर्षगांठका अवसरमा गरेको अन्तरक्रियामा सहभागीहरुले नेपालमा वैदेशिक लगानी र पर्यटनका लागि चीन ठूलो स्रोत मुलुक भएकाले चीनसंगको सम्बन्धलाई थप गतिशील र नयाँ उचाइमा पु-याउनुपर्ने बताए ।

उनीहरुले चिनिया राष्ट्रपति सी जिनपिङले अघि सारेको बीआरआई परियोजनामा नेपाल जोडिएर दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन सकिने उल्लेख गर्दै चीनबाट धेरै लाभ लिन सकिने स्थान रहेपनि सरकारले उपयोग गर्न नसकेको बताएका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकूलपति डा. हृदयरत्न बज्राचार्यले नेपालको आर्थिक, सामाजिक विकासका लागि चीन नेपालको सबैभन्दा असल छिमेकी भएको उल्लेख गर्दै चीनसँग थप सहयोग र लाभ लिन सरकारलाई सुझाव दिए । चिनको शिक्षा, प्रविधि, अहंकाररहित व्यवहार र राम्रा कुरा अरुबाट सिकेर आफै उत्पादन गर्ने बानी नेपालीले अनुशरण गर्नुपर्र्ने बज्राचार्यले बताए ।

बौद्ध विश्व विद्यालयका डिन उकेशराज भुजूले चीनले भूउपयोगको वैज्ञानिक नीति कार्यान्वयन गरेर कृषिमा समृद्धिको यात्रा शुरुवात गर्दै अहिले विश्वकै पहिलो शक्ति राष्ट्र बन्ने विन्दुमा आइपुगेको बताए ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेयले चिनीया जनताको मेहनत र अनुशासन नेपालीले अनुशरण गर्नुपर्ने बताए ।

नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले सरकारी तहमा मात्र नभई चिनिया जनतासंग जनस्तरमा सम्बन्ध विस्तार गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा चिनियालाई आकर्षित गरी लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डेढ दशकदेखि समाज क्रियाशील रहेको बताए । चिनिया राष्ट्रपति सी जिन पिङले अघि सारेको बीआरआई परियोजनामा नेपाल जोडिएर दुई देशबीचको सम्बन्ध थप मजबुत हुने र चिनको विकासबाट लाभ लिन सकिने उनले औंल्याए ।

कार्यक्रममा प्राध्यापकहरु डा. गितु गिरी,डा.कपिलदेव लामिछाने,सहप्राध्यापक डिल्लीराज भट्टराई, साहित्यकार विजय सागर, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, गैर सरकारी महासंघ रुपन्देहीका गोबिन्दप्रसाद रेग्मी लगायतले चीन नेपालको असल छिमेकी मात्र नभई विकास साझेदार समेत रहेकाले दुईपक्षीय सम्बन्धलाई पञ्चशीलको सिद्धान्तका आधारमा अगाडि बढाउन र एक चीन नीतिमा प्रविद्ध रहन सरकारलाई सझुाव दिएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ३ : २१ बजे

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ ।

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा