२० असार २०८३, शनिबार | July 4, 2026

अखिल फोर्सलाई माधव नेपालको सुझाव : अहंकारी र बेइमानको पछि नलाग्नुस्



काठमाडौं । काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिष्ट पार्टीमा निरंकुश र स्वेच्छाचारी प्रवृति घातक भएको भन्दै नियन्त्रण गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं जिल्ला पार्टीको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोही भएको आरोप लगाइरहँदा नेता नेपालले अखिलका विद्यार्थीहरुमाझ पार्टीलाई निरंकुश र व्यक्तिवादी प्रवृतिबाट जोगाउनुपर्ने धारणा राखेका हुन् ।

नेता नेपालले कम्युनिष्ट पार्टीमा नीति प्रधान हुने भन्दै संस्थागत परिपाटीलाई आत्मसात गर्नुपर्ने बताए। उनले कम्युनिष्ट आन्दोलनमा लागेको व्यक्तिमा इमानदारिता, निष्ठा र समर्पण हुनुपर्ने बताए।

नेपालले अखिल फोर्सलाई अहंकारी नबन्न र अहंकारीको पछि नलाग्न आग्रह गरे । उनले भने ‘बेइमानको पछि नलाग्नुस्। कसैले बचनको पालना गर्दैन भने त्यस्तालाई आदर्श नठान्नुस्। कर्तव्यनिष्ठ बन्नुहोस् ।’

वरिष्ठ नेता नेपालले संविधानलाई नकुल्चिन चेतावनी दिए । नेपालले जनताले रगत र पसिना बगाएर ल्याएको संविधान कुल्चिने चेष्टा नगर्न चेतावनी दिएका हुन् । नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताउँदै राजतन्त्र ल्याउन कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने दाबी गरे ।

नेपालले भने देशको हितमा रगत पसिना बगाएर ल्याएको संविधानलाई कसैले कुल्चिने प्रयास गर्छ भने त्यसलाई अस्वीकार गर्ने बताए । उनले जनता वास्तविक हिरो भएको बताउँदै परिवर्तनका संवाहक जनताका अगाडि कुनै पनि प्रतिगमनकारी शक्ति टिक्न नसक्ने जिकिर गरे ।

नेता नेपालले जनताको पीडा सुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझवा दिए । नेपाललले कोरोना नियन्त्रण गर्न खोप ल्याउने आफ्नो वाचा सम्झिन देउवालाई आग्रह गर्दै देउवालाई भने, ‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु, जनताको पीडा हाम्रो पनि हो, यो खतरनाक प्रकोपविरूद्ध खोप दिन्छु भनेर घोषणा गर्नुभएको छ, घोषणा मात्रै गरेर आनन्दित नहुनुस् ।’

नेता नेपालले महाकाली नदीमा भारतबाट भएको अमानवियतामाथि छानविन गर्न सरकारको ध्यानाकर्षण गराए। तुइन काटिँदा महाकाली नदीमा नेपाली युवा वेपत्ता भएको भन्दै नेपालले बदमासी वा लापरवाही जे सुकै कारणले भएको भएपनि नेपाली युवामाथि अमानवीय ज्यादती भएको जिकिर गरे । उनले दोषीलाई कारवाही गर्न नेपाल र भारत सरकारको ध्यानाकर्षण गराए ।

 

 

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ३ : २९ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०