७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्न लागेको छ ।

पार्टी एकताको पहल गर्न भन्दै शनिबार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो ।

आज फेरि च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सचिव तामाङका अनुसार बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरुलाई पूर्णता लगायतका विषयमा छलफल हुने भएको छ ।

यससँगै कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोगहरु गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे बैठकमा छलफल हुनेछ ।

शनिबार बोलाइएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी भएको थिएन । आजको बैठकमा पनि सहभागी हुने नहुने एकीन छैन ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई