३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

अवको बोलबम यात्रा साइकलमा : सोमबार लक्ष्मणघाट देखि पर्रोहा साईक्लिङ जलापर्ण हुने



बुटवल । साउन महिनाको अवसर पारेर धार्मिक पर्यटन प्रवद्घन गर्ने उदेश्यसहित रुपन्देहीमा जलापर्ण कार्यक्रम हुने भएको छ। रुपन्देहीका ५ वटा क्लबहरुको संयुक्त आयोजनामा सोमबार श्रावणी साईक्लिङ जलापर्ण कार्यक्रम गर्ने भएको हो । आईतबार बुटवल युनाइटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, साईकल सिटि बुटवल, साईकल साथी सैनामैना, बुटवल साईकल ग्रुपको पदाधिकारीहरुको उपस्थितीमा पत्रकार सम्मेलन गरि कार्यक्रमको सबै तयारी पूरा भएको कार्यक्रमका संय‍ोजक तथा तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङले बताए।

बुटवल कालिकानगर शिवालय मन्दिरबाट बिहान शुरु हुने यात्रा कपिलबस्तुको लक्ष्मणघाट पुगेर जल लिएर सैनामैना पर्रोहा परेश्वर धाममा जलापर्ण गरिने कार्यक्रम तय भएको उनले बताए। पत्रकार सम्मेलकैबीच आज जलापर्ण कार्यक्रमको टिसर्ट सामुहिक रुपमा लन्च गरिएको छ।

बुटवल कालिकानगरस्थित शिवालय मन्दिरबाट बिहान शुरु हुने यात्रा कपिलबस्तुको पवित्रस्थल लक्ष्मणघाट पुगेर जल लिई सैनामैनास्थित पर्रोहा परमेश्वर धाममा जलापर्ण गरेर सकिने उनले बताए। करीब १ सय किलोमिटर दुरी साईकलमार्फत पूरा गरिने धार्मिक यात्रामा आर्थिक भौतिक सहयोग गर्नुभएका बुटवलमा उद्योगी ब्यापारी तथा समाजसेवीहरु चन्द्र प्रकाश पौडेल, कपिल खड्का, नित्यानन्द ज्ञवाली, रुद्र भण्डारी, गोपाल घिमिरेलाई पत्रकार सम्मेलनमा दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजसेवीहरु चन्द्रप्रकाश पौडेलले धार्मिक आस्थामा युवाहरुको अगुवाई गराउदै पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने महत्त्वपूर्ण कामको सफलताको कामना गरे।

साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले सबै साईकिले साथीहरु बिच भातृत्व विकास गर्दै एकतावद्घ गराउनु निक्कै महत्त्वपूर्ण कार्य भएको बताए।

बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कोषाध्यक्ष डम्बर तिवारी, ह्याप्पी क्लबका सल्लाहकार गणेश श्रेष्ठ, रबिलाल सुवेदीले मोफसलमा साईकल संस्कृति विकास भएको बताए।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ६ : ०१ बजे

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन

आफ्नै ‘ब्राण्ड’मा अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा दिइरहेको आइएमई ग्रुप

चितवन । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन