२० असार २०८३, शनिबार | July 5, 2026

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित, यस्ताे छ कारण



काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि डाकिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको बताइएको छ ।

आजको बैठकले देउवा सरकारमा जाने पार्टीका बाँकी मन्त्रीहरुको नामका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको थियो । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

मन्त्रालय बाँडफाँटमा काँग्रेसले महत्वपूर्ण मन्त्रालय सबै आफैले राख्न खोजेपछि प्रधानमन्त्री देउवासँग थप सम्वाद गर्न बैठक स्थगित गरिएको माओवादीको उच्च स्रोतले जनाएको छ । बाँकी अवधि अविश्वासको प्रस्ताव आउन नसक्ने भन्दै देउवाले सत्ता गठबन्धन भित्रकै साझेदार दललाई पेल्ने संकेत पाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग गम्भिर छलफल गर्न बैठक स्थगित गरिएको स्रोतको भनाई छ ।

एमालेको नेपाल पक्ष सरकारमा सहभागी नहुने निश्चित जस्तै भएपछि माओवादी केन्द्रले नेपाल पक्षलाई छुट्याईएको मन्त्रीको कोटा आफुलाई थप गर्न माग गरेको बताईएको छ । मन्त्रालय र मन्त्रीहरुको मर्यादाक्रममा सहमति हुन नसक्नु र दलहरुले पनि आ-आफ्नो दलभित्रको विवाद मिलाएर नाम पठाउन नसक्नुका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

देउवाले मन्त्री भएकै दिन काँग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्रीमा नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ५० बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी