७ पुस २०८२, सोमबार | December 22, 2025

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित, यस्ताे छ कारण



काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि डाकिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको बताइएको छ ।

आजको बैठकले देउवा सरकारमा जाने पार्टीका बाँकी मन्त्रीहरुको नामका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको थियो । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

मन्त्रालय बाँडफाँटमा काँग्रेसले महत्वपूर्ण मन्त्रालय सबै आफैले राख्न खोजेपछि प्रधानमन्त्री देउवासँग थप सम्वाद गर्न बैठक स्थगित गरिएको माओवादीको उच्च स्रोतले जनाएको छ । बाँकी अवधि अविश्वासको प्रस्ताव आउन नसक्ने भन्दै देउवाले सत्ता गठबन्धन भित्रकै साझेदार दललाई पेल्ने संकेत पाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग गम्भिर छलफल गर्न बैठक स्थगित गरिएको स्रोतको भनाई छ ।

एमालेको नेपाल पक्ष सरकारमा सहभागी नहुने निश्चित जस्तै भएपछि माओवादी केन्द्रले नेपाल पक्षलाई छुट्याईएको मन्त्रीको कोटा आफुलाई थप गर्न माग गरेको बताईएको छ । मन्त्रालय र मन्त्रीहरुको मर्यादाक्रममा सहमति हुन नसक्नु र दलहरुले पनि आ-आफ्नो दलभित्रको विवाद मिलाएर नाम पठाउन नसक्नुका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

देउवाले मन्त्री भएकै दिन काँग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्रीमा नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ९ : ५० बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका