१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बालुवाटारमा सत्तारुढ गठबन्धनको कार्यदल बैठक



काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदल बैठकले सरकार संचालनका लागि आवश्यक न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्नेछ । मन्त्रिपरिषद् विस्तार गर्दा गठबन्धन दलहरुले पाउने मन्त्रालयको संख्या र मन्त्रालय बाँडफाँटबारे पनि सहमति खोज्ने प्रयास गर्ने बताइएको छ । यद्यपी, यसको अन्तिम निर्णय भने शीर्ष नेतृत्व बसेर गर्नेछ ।

कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट दुई दुई जना सदस्य रहेका छन् । यसअघि माधव नेपाल पक्षबाट पनि प्रतिनिधित्व हुने गरेकोमा आजको बैठकमा उनीहरु अनुपस्थित भएका छन् । डा. विजय पौडेलले नेपाल पक्षको प्रतिनिधित्व गर्नेगर्थे ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ११ : ५५ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्