३० चैत्र २०८२, सोमबार | April 13, 2026

बालुवाटारमा सत्तारुढ गठबन्धनको कार्यदल बैठक



काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदल बैठकले सरकार संचालनका लागि आवश्यक न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्नेछ । मन्त्रिपरिषद् विस्तार गर्दा गठबन्धन दलहरुले पाउने मन्त्रालयको संख्या र मन्त्रालय बाँडफाँटबारे पनि सहमति खोज्ने प्रयास गर्ने बताइएको छ । यद्यपी, यसको अन्तिम निर्णय भने शीर्ष नेतृत्व बसेर गर्नेछ ।

कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट दुई दुई जना सदस्य रहेका छन् । यसअघि माधव नेपाल पक्षबाट पनि प्रतिनिधित्व हुने गरेकोमा आजको बैठकमा उनीहरु अनुपस्थित भएका छन् । डा. विजय पौडेलले नेपाल पक्षको प्रतिनिधित्व गर्नेगर्थे ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ११ : ५५ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका