६ असार २०८२, शुक्रबार | June 20, 2025

पारस खड्काद्धारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा



काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन । मंगलबार बिहान सामाजिक सञ्जालमा एक विज्ञप्ति सार्वजनिक गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन ।

उनले नेपाली क्रिकेटलाई माया गर्ने सबैलाई धन्यवाद दिँदै फेसबुकमा लेखेका छन्, ‘सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति म सदैव ऋणी रहने छु ।’

क्रिकेटरका रुपमा मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उथ्थानका लागि सदैब आफ्नो भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

आफ्नो जीवनको सपना भनेकै नेपाली क्रिकेटको उन्नति रहेको बताउँदै उनले लेखेका छन्, ‘यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाको संयुक्त प्रयासको आवश्यक छ । इमानदारीका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्यपनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौं ।’

उनको विज्ञप्ति

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ०८ बजे

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु

संविधान संशोधनको विषय फण्डा जस्तो भएको छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२

जसपाको संघीय परिषद् बैठक आजबाट

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको