१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बालुवाटारमा सत्ता गठबन्धनको कार्यदल बैठक, न्युनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्ने तयारी



काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन लागिएको छ ।

कार्यदलले तयार पारेको प्रस्ताव आजै शीर्ष नेतृत्वलाई हस्तान्तरण गर्ने र आजै सो कार्यक्रममा हस्ताक्षर भै सार्वजनिक गर्ने तयारी भैरहेको कार्यदलका एक सदस्यले बताएका छन्। यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि बस्दैछ ।

यसअघि सोमबार बिहान बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको थियो । सरकारको नीति तथा निर्णयलाई प्रभावकारी बनाउनका लागि सत्तारूढ दलले न्यूनतम कार्यक्रम बनाएका हुन् ।

कार्यक्रममा मुलुकको अर्थतन्त्र, भूराजनीतिक अवस्थितिबारे सरकारको दृष्टिकोण, संविधान संशोधन र नागरिकता ऐनमा सरकारको प्रतिवद्धता, कोरोना महामारी र यसको रोकथाम एवं राहतसम्बन्धी सरकारको नीतिलगायतका विषयहरूलाई समेटिएको छ ।

यसका लागि कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल क्रियाशील छ। सदस्यहरुमा कांग्रेसबाट रमेश लेखक र डा. मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन र जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : ५७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान