१४ चैत्र २०८२, शनिबार | March 28, 2026

चाइनिज पेस्तोलसहित २ भारतीय नागरिक पक्राउ



दाङ । दाङ प्रहरीले अत्याधुनिक हतियारसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

देउखुरीको कालाकाँटेबाट भारतको सिद्धाथनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खाँनलाई अत्याधुनिक चाइनिज पेस्तोल, त्यसमा लाग्ने दुईवटा म्याग्जीन र दुई राउन्ड गोली सहित पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरूलाई जिप्रका दाङबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले हिजो बेलुकी करिब ५ बजे पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका उनीहरुलाइ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनीहरूलाई पक्राउ हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १२ : ०४ बजे

लेखक पक्राउ बारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखियो

काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै

बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई

एमाले महासचिवको चेतावनी – प्रतिशोधको मूल्य धेरै महंगो पर्नेछ

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव