१० भदौ २०८३, बुधबार | August 27, 2026

गृहमन्त्री गुरूङ भन्छन- ओली र लेखकलाई नियन्त्रणमा लियौँ, कानुनमाथि कोही छैन



काठमाडौं । सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

गृहमन्त्री गुरूङले सामाजिक सञ्जाल फेसबुकमार्फत “प्रमिस इज अ प्रमिस, कानुनभन्दा माथि कोही छैन” उल्लेख गर्दै दुवै नेतालाई उनीहरूको निवासबाटै पक्राउ गरिएको बताएका हुन् । उनले यो कदम कसैप्रति प्रतिशोध नभई न्याय प्रक्रिया सुरु गर्ने उद्देश्यले चालिएको स्पष्ट पारेका छन् ।

“यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो,” उनले लेखेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरले ज्यानसम्बन्धी कसुरको मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गर्दै दुवैलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार अपराध अनुसन्धान तथा कारबाही शाखाबाट जारी गरिएको पुर्जीमा ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

शनिबार नै जारी गरिएको पक्राउ पुर्जी अनुसूची-९ दफा ९ उपदफा (६) अनुसार अनुसन्धानका लागि आवश्यक ठहर गर्दै जारी गरिएको हो ।

यसअघि जेनजी आन्दोलन सम्बन्धी गौरीबहादुर कार्की जाँचबुझ आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयपछि सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । सोही प्रकरणमा पूर्वगृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ परिसकेका छन् ।

गृहमन्त्री गुरूङले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ६ : ५७ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट