१ पुस २०८२, मंगलबार | December 16, 2025

बैतडीमा करेन्ट लागेर दाजुभाइको मृत्यु



बैतडी । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दाजुभाइको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर बैतडीको सुर्नया गाउँपालिका-५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो ।

बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

जङ्गली बँदेल मार्नका लागि मकैबारीमा करेन्ट छाडिएको र उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला करेन्ट लागेको उनले बताए । करेन्ट लाग्ने बित्तिकै दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घटनास्थलतर्फ खटाइएको छ । जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  ८ : ५१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज