१५ चैत्र २०८२, आइतबार | March 29, 2026

साउनपछि कोरोना संक्रमितको संख्या घट्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछि कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै जाने अनुमान गरेको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्रालयका नीति योजना तथा अनुमगन महाशाका प्रमुख डा. गुणराज लोहनीले यो नयाँ प्रक्षेपणबारे जानकारी गराएका हुन् ।

डा. लोहनीका अनुसार साउनमा ५३ हजारभन्दा बढी कोरोनाका संक्रमित थपिने मन्त्रालयले गरेको छ । तर, त्यसपछि क्रमशः घट्ने लोहनीले बताए । यो संख्या आगामी मंसिरमा आधाले घट्ने तथ्यांक पनि उनले पेश गरेका छन् ।

लोहनीले संसदीय समितिमा पेश गरेको तथ्यांकअनुसार संक्रमितको संख्या साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ ९७ र कात्तिकमा ३१ हजार ४४ पुग्नेछ । मंसिरसम्म यो तथ्यांक २५ हजार १८३ मा आइपुग्ने पुग्ने प्रतिवेदनमा उल्लेख छ।

उनका अनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको छ । यीमध्ये ३८ हजार ७७१ जनालाई उपचार सेवा आवश्यक पर्नेछ उनले बताएका छन् । ९ हजार ६ ९३ जनालाई भने आइसीयू उपचारको आवश्यकता पर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १ : ०३ बजे

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी