१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अपहरण र शरीर बन्धकको आरोप खेपेका मुख्यमन्त्री पोखरेल भन्छन् -‘प्रतिपक्षले आज सत्ता पक्षलाई अपहरणको आरोप पनि लगाए’



बुटवल । सांसद अपहरण गरेर बन्धक बनाएको आरोप खेपेर काठमाडौं पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा विपक्षीका कारण ८७ सदस्सीय प्रदेशसभा ८० मा सिमित भएको आरोप लगाएका छन् । प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीले मुख्यमन्त्रीले आफुलाई ५ दिन बन्धक बनाएर राखेको आरोप लगाएकै दिन काठमाडौ पुगेर मुख्यमन्त्री पोखरेलले ८७ सदस्सीय प्रदेशसभालाई विपक्षीका कारण ८० सदस्यमा झरेको आरोप लगाएका हुन् ।

काठमाडौं पुगे लगत्तै सामाजिक सञ्जालमा लेख्दै पोखरेलले दुईजना माननियलाई फकाएर राजिनामा गराउन सक्ने, ६ जनालाई अनुशासनुको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणुको आरोप लगाएको बताएका छन् । उनले सामाजिक सञ्जालबाटै ८७ सदस्यिय प्रदेशसभा कस्का कारणले ८० सदस्यमा झर्यो ? भनेर प्रश्न समेत गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, -‘८७ सदस्यिय प्रदेशसभा कस्का कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’

लुम्बिनी प्रदेशमा दाङ र कपिलवस्तुबाट सभामा प्रतिनिधित्व गर्ने २ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका थिए भने ३ जना जसपा सांसद पार्टी निर्देशन विपरित मन्त्री खान गएकाे अभियाेगमा र ३ जना माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकाहरु दलत्यागको अभियोगमा पद मुक्त भएका थिए । त्यसैगरि सांसद विमला वली मुख्यमन्त्री पोखरेलकै योजनामा दाङबाट फकाउँदै ल्याएर ५ दिन मुख्यमन्त्री कार्यालयमा राख्दा समेत एमाले बन्न नमानेर भागेर माओवादी पार्टी सम्पर्कमा पुगेकी थिईन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १० : ०६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान