७ आश्विन २०८३, बुधबार | September 23, 2026

अपहरण र शरीर बन्धकको आरोप खेपेका मुख्यमन्त्री पोखरेल भन्छन् -‘प्रतिपक्षले आज सत्ता पक्षलाई अपहरणको आरोप पनि लगाए’



बुटवल । सांसद अपहरण गरेर बन्धक बनाएको आरोप खेपेर काठमाडौं पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा विपक्षीका कारण ८७ सदस्सीय प्रदेशसभा ८० मा सिमित भएको आरोप लगाएका छन् । प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीले मुख्यमन्त्रीले आफुलाई ५ दिन बन्धक बनाएर राखेको आरोप लगाएकै दिन काठमाडौ पुगेर मुख्यमन्त्री पोखरेलले ८७ सदस्सीय प्रदेशसभालाई विपक्षीका कारण ८० सदस्यमा झरेको आरोप लगाएका हुन् ।

काठमाडौं पुगे लगत्तै सामाजिक सञ्जालमा लेख्दै पोखरेलले दुईजना माननियलाई फकाएर राजिनामा गराउन सक्ने, ६ जनालाई अनुशासनुको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणुको आरोप लगाएको बताएका छन् । उनले सामाजिक सञ्जालबाटै ८७ सदस्यिय प्रदेशसभा कस्का कारणले ८० सदस्यमा झर्यो ? भनेर प्रश्न समेत गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, -‘८७ सदस्यिय प्रदेशसभा कस्का कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’

लुम्बिनी प्रदेशमा दाङ र कपिलवस्तुबाट सभामा प्रतिनिधित्व गर्ने २ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका थिए भने ३ जना जसपा सांसद पार्टी निर्देशन विपरित मन्त्री खान गएकाे अभियाेगमा र ३ जना माओवादी केन्द्रबाट एमाले प्रवेश गरेकाहरु दलत्यागको अभियोगमा पद मुक्त भएका थिए । त्यसैगरि सांसद विमला वली मुख्यमन्त्री पोखरेलकै योजनामा दाङबाट फकाउँदै ल्याएर ५ दिन मुख्यमन्त्री कार्यालयमा राख्दा समेत एमाले बन्न नमानेर भागेर माओवादी पार्टी सम्पर्कमा पुगेकी थिईन् ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहिबार  १० : ०६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई