१ पुस २०८२, मंगलबार | December 16, 2025

आजदेखि देशभर ‘भेरोसेल’ खोपको दोस्रो डोज लगाईदै



काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड-१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ । गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो डोज लगाइनेछ ।

त्यस्तै, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकलाई पनि खोप लगाइनेछ । उनीहरुका लागि भने छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागले जनाएको छ ।

पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोज लगाइने छ । साउन २४ गतेसम्म दोस्रो डोज लगाइने विभागले जनाएको छ ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको जनाएको छ । त्यसका लागि आवश्यक खोप पनि पठाइसकिएको जनाएको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ८ : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज