२२ माघ २०८२, बिहिबार | February 5, 2026

ड्रायर मेशिन भित्रिएपछि कृषक उत्साहित



झापा । धान सुकाउने ड्रायर मेशिन भित्रिएपछि झापा गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित बनेका छन् । ड्रायर मेशिन भित्रिएपछि चैते धान सुकाएर भण्डार गर्न र राम्रो मूल्य पाइने भएपछि यहाँका कृषक उत्साहित बनेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत लागत सहभागितामा गौरादह नगरपालिका-५ स्थित नमूना एकीकृत कृषि सहकारी खेतीलाई एउटा ‘मुभेबल’ (यताउता लान/सार्न मिल्ने)  ड्रायर मेशिन प्रदान गरिएको छ । संस्थाका अध्यक्ष वेदनिधि चापागाईंले ड्रायर मेशिन पाएपछि धान सुकाउन सहज भएको बताए ।

उनले भने, ‘चैते धान नबिक्ने र मूल्य नपाउने समस्या छ । यो पटक धानको भाउ घटेर प्रतिमत पाँच सयमा प्रतिमन बेच्नुपर्ने अवस्था आयो, धान सुकाएर राख्दा दुई/तीन महिनापछि रु एक हजार सहजै पाउन सकिन्छ ।’

झापामा चैते धानका लागि ड्रायर मेशिनको धेरै आवश्यक रहेको उनको भनाइ छ । समूहअन्तर्गत यहाँका किसानले ८० बिघामा चैते धान खेती गर्दै आएका छन् । ‘कृषिमा व्यावसायिकीकरण गर्ने उद्देश्यले पनि हामीले सामूहिक खेती सुरु गरेका हौँ,’ उनले भने, ‘जग्गाअनुसार धान दिने र काम गर्ने कृषकले ज्यालासमेत पाउनुहुन्छ।’ गत वर्ष चार हजार मन धान उत्पादन गरिएको अध्यक्ष चापागाईंले बताए ।

गौरादह-५ कै कृषक अर्जुन खतिवडा वर्षा-झरीका बेला चैते धान भित्र्याउनुपर्ने भएकाले पनि समस्या हुने गरेको बताए । धानको संरक्षण र भण्डारण गर्न सक्दा बजार भाउ नपाइने उनले बताए । उनले भने, ‘धान सुकाएर राख्दा ३० देखि ४० प्रतिशत मूल्य बढी पाइन्छ, यसले चैते धान लगाउने कृषकलाई प्रत्यक्ष र ठूलो राहत मिल्नेछ ।’

चैते धानमा चिस्यान धेरै हुने भएकाले भण्डारण गर्न सकिँदैन त्यसैले सस्तो-महँगो जति भए पनि धान बेच्नुपर्ने बाध्यता रहेको कृषक बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ झापाका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले नमूना एकीकृत कृषि सहकारी खेतीलाई ड्रायर मेशिनमा ५० प्रतिशत र पोष्टहार्वेस्ट निर्माणका लागि ८५ प्रतिशत अनुदान दिइएको जानकारी दिए ।

परियोजना कार्यान्वयन एकाइले ड्रायर मेशिनका लागि २० लाख, पोष्टहार्वेस्ट निर्माणका लागि २० लाख अनुदान दिएको हो । उक्त ड्रायर मेशिनबाट धानका साथै मकै पनि सुकाउन मिल्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १० : ३७ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद