१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मुख्यमन्त्रीकाे निर्देशनमा फाैजदारी अपराध भयाे : नेपाल महिला संघ, रुपन्देही



बुटवल ।  काँग्रेस निकट नेपाल महिला संघ रुपन्देहीले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा महिला सांसदलाई अपहरण शैलीमा आफ्नै निवासमा बन्धक बनाईएको घटना फौजदारी अपराध भएको बताएको छ । नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य विमला वलीको पहरण शैली र बन्धक बनाईएको सम्बन्धमा आज एम प्रेस विज्ञप्ति निकाल्दै महिला संघले मुख्यमन्त्रीकै निर्देशनमा दाङबाट अपहरण शैलीमा बुटवल ल्याएर मुख्यमन्त्री निवासमै बन्धक बनाईएको घटना प्रति भत्सर्ना एवं निन्दा गरेको छ ।

विज्ञप्तिमा मुख्यमन्त्री पोखरेलको निर्देशनमा एमाले संसदीय दलका प्रमुख सचेतक आफै संलग्न भई अपहरण शैलीमा मुख्यमन्त्री निवास पु¥याईएको आरोप लगाईएको छ ।

एकल महिलासमेत रहेकी लुम्बिनी प्रदेशकी सांसद विमला ओलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ५ दिनसम्म बन्धक बनाइएको र विभिन्न कागजपत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको उल्लेख गर्दै महिला संघको विज्ञप्तिमा कसैलाई शारीरिक रूपमा बन्धक बनाउनु र उसको इच्छाविपरीत कागजपत्रमा सही गराउनु सामान्य बयान नभएको जनाईएको छ । सांसद विमलामाथि भएको घटना मुलुकको फौजदारी कानुन आकर्षित गर्ने गम्भीर घटना भएको संघले ठहर गरेको छ ।

‘मुख्यमन्त्री शंकर पोखरेलको लुम्बिनी प्रदेश सरकार गत बैशाष १९ मा असंवैधानिक ढंगले निर्माण यता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनैतिक र असंवैधानिक रुपमा संञ्चालन भै आएको कुरा सर्वविदितै छ । अविश्वासको प्रस्तावको सामना नगर्ने, बजेट पेश नै नगर्ने र संसद वरिष्कार गर्ने अन्य पार्टी तोड फोड गर्ने जस्ता घटना त घटाई रहेका छन् ।’ महिला संघको विज्ञप्तिमा लेखिएको छ, -‘जनता, सांसद लगायत सबैको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको सरकारकै नेतृत्वले अपहरण जस्ता अपराधिक घटनामा प्रत्यक्ष सहभागिता हुनु संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने खतरा देखिएको छ ।’

महिला संघले अपराधि जतिसुकै प्रभावशाली नै किन नहोस यथासिंघ्र कानुनको दायरामा ल्याएर कानुनी उपचार गरी पीडितलाई न्यायको अनुभुती प्रत्याभुती गर्नका लागि सरकारसंग माग गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : ४६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान