७ आश्विन २०८३, बुधबार | September 23, 2026

मुख्यमन्त्रीकाे निर्देशनमा फाैजदारी अपराध भयाे : नेपाल महिला संघ, रुपन्देही



बुटवल ।  काँग्रेस निकट नेपाल महिला संघ रुपन्देहीले मुख्यमन्त्री शंकर पोखरेलको निर्देशनमा महिला सांसदलाई अपहरण शैलीमा आफ्नै निवासमा बन्धक बनाईएको घटना फौजदारी अपराध भएको बताएको छ । नेकपा माओवादी केन्द्रकी प्रदेशसभा सदस्य विमला वलीको पहरण शैली र बन्धक बनाईएको सम्बन्धमा आज एम प्रेस विज्ञप्ति निकाल्दै महिला संघले मुख्यमन्त्रीकै निर्देशनमा दाङबाट अपहरण शैलीमा बुटवल ल्याएर मुख्यमन्त्री निवासमै बन्धक बनाईएको घटना प्रति भत्सर्ना एवं निन्दा गरेको छ ।

विज्ञप्तिमा मुख्यमन्त्री पोखरेलको निर्देशनमा एमाले संसदीय दलका प्रमुख सचेतक आफै संलग्न भई अपहरण शैलीमा मुख्यमन्त्री निवास पु¥याईएको आरोप लगाईएको छ ।

एकल महिलासमेत रहेकी लुम्बिनी प्रदेशकी सांसद विमला ओलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ५ दिनसम्म बन्धक बनाइएको र विभिन्न कागजपत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको उल्लेख गर्दै महिला संघको विज्ञप्तिमा कसैलाई शारीरिक रूपमा बन्धक बनाउनु र उसको इच्छाविपरीत कागजपत्रमा सही गराउनु सामान्य बयान नभएको जनाईएको छ । सांसद विमलामाथि भएको घटना मुलुकको फौजदारी कानुन आकर्षित गर्ने गम्भीर घटना भएको संघले ठहर गरेको छ ।

‘मुख्यमन्त्री शंकर पोखरेलको लुम्बिनी प्रदेश सरकार गत बैशाष १९ मा असंवैधानिक ढंगले निर्माण यता निरन्तर अल्पमतमा रहेर पनि निर्लज्ज ढंगले अराजनैतिक र असंवैधानिक रुपमा संञ्चालन भै आएको कुरा सर्वविदितै छ । अविश्वासको प्रस्तावको सामना नगर्ने, बजेट पेश नै नगर्ने र संसद वरिष्कार गर्ने अन्य पार्टी तोड फोड गर्ने जस्ता घटना त घटाई रहेका छन् ।’ महिला संघको विज्ञप्तिमा लेखिएको छ, -‘जनता, सांसद लगायत सबैको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको सरकारकै नेतृत्वले अपहरण जस्ता अपराधिक घटनामा प्रत्यक्ष सहभागिता हुनु संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने खतरा देखिएको छ ।’

महिला संघले अपराधि जतिसुकै प्रभावशाली नै किन नहोस यथासिंघ्र कानुनको दायरामा ल्याएर कानुनी उपचार गरी पीडितलाई न्यायको अनुभुती प्रत्याभुती गर्नका लागि सरकारसंग माग गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ५ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई