६ पुस २०८२, आइतबार | December 22, 2025

माओवादीले आज पनि सरकारमा पठाउने नेताहरु छनौट गर्न सकेन



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले आज पनि मन्त्रिपरिषदमा पठाउने नेताहरको नाम बारे निणय गर्न सकेन । मन्त्रिपरिषदमा पठाउने नेताहरुको टुङ्गो लगाउन बस्ने भनिएको बैठक अन्य ३ विषयमा छलफल गरेर सकिएको बैठकमा सहभागी एक नेताले बताए।

शुक्रबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले सत्तारुढ ५ दलीय गठबन्धनको कार्यदलले बनाएको ‘साझा न्युनतम कार्यक्रम’, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अबिलम्ब उच्चस्तरीय आयोग गठबन्धन गर्न माग गर्ने र लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीको अपहरणबारे विरोध जनाउने निर्णय गरिएको मओवादी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सत्ता गठबन्धनको कार्यदलले आजै बालुवाटारमा आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको थियो ।

बैठकले तत्काल गठबन्धनको तर्फबाट तयार गरिएको साझा कार्यक्रम सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय गर्दै कार्यदललाई साझा कार्यक्रम तयार गरेकोप्रति बैठकले धन्यवाद दिएको प्रवक्ता श्रेष्ठले बताए ।

आजको बैठकमा माओवादीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका बारेमा निर्णय गर्ने भनिएपनि त्यस सम्बन्धमा छलफल नै नभएको श्रेष्ठले दाबी गरे । माओवादी भित्र मन्त्री बन्ने चाहाना राख्ने र मन्त्री पदको दाबी गर्नेको संख्या धेरै भएपछि शिर्ष नेताहरुलाई नामलाई अन्तिमरुप दिन सकस परेको छ । तर प्रवक्ता श्रेष्ठले भने हालसम्म मन्त्रालयको संख्या र मन्त्रालयको भागबण्डाबारे गठबन्धनमा सहमति जुटिनसकेको कारण पार्टीले कस्लाई पठाउने भन्ने विषयमा छलफल गर्न हतार नगरेको बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : ३८ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको