७ आश्विन २०८३, बुधबार | September 23, 2026

एसईईको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार दिउँसो एसईईको नतिजा प्रकाशित गरेको हो ।

यस वर्ष पनि कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरको छ। बोर्डले त्यस्तो मूल्यांकनलाई प्रमाणित गरेपछि नतिजा प्रकाशित भएको हो ।

परीक्षाकाे नतिजा हेर्नका लागि बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ ।

परीक्षा बोर्डका अनुसार २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नतिजा हेर्नका लागि इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने तथा नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने गरिव्यवस्था मिलाईएको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि, इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक हुने जानकारी दिएको छ ।

परीक्षार्थीले www.see.gov.npwww.neb.gov.npwww.theconnectplus.comwww.see.edusanjal.comwww.see.ntc.net.np,  www.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ३ : २२ बजे

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री

सिद्धबाबा सुरुङमार्गमा आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

आज देशैभर कांग्रेसको पालिका अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस