२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

एसईईको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा



काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार दिउँसो एसईईको नतिजा प्रकाशित गरेको हो ।

यस वर्ष पनि कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरको छ। बोर्डले त्यस्तो मूल्यांकनलाई प्रमाणित गरेपछि नतिजा प्रकाशित भएको हो ।

परीक्षाकाे नतिजा हेर्नका लागि बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ ।

परीक्षा बोर्डका अनुसार २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नतिजा हेर्नका लागि इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने तथा नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने गरिव्यवस्था मिलाईएको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि, इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक हुने जानकारी दिएको छ ।

परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np,  www.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ३ : २२ बजे

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न

एनपीएलमा आज लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

काठमाडौं । सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे