९ चैत्र २०८२, सोमबार | March 23, 2026

बाँकेमा १५ मिनेटको फरकमा २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १५ मिनेटको फरकमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत पहिलो संक्रमितको आज बिहान ८ः३० बजे मृत्यु भएको १५ मिनेटमा अर्को संक्रमितको पनि मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

डीसीएमसीका कोरोना फोकलपर्शन तेज वलीका अनुसार तुलसिपुर उपमहानगरपालिका १५, दाङका ४५ वर्षिय पुरुषको आज बिहान ८ः४५ बजे मृत्यु भएको थियो भने त्यसको १५ मिनेट पछि भेरीगँगा नगरपालिका १० सुर्खेतका ३९ वर्षिया महिलाको मृत्यु भएको थियो । दाङका पुरुष साउन २१ गते संक्रमण पुष्टि भएपछि २२ गते भेरी अस्पताल भर्ना भएका थिए भने सुर्खेतकी महिला साउन ५ गतेबाट भेरीमा उपचाररत थिईन् । गयराती २ बजे रोल्पाबाट उपचार गर्न भेरी ल्याईएका एक संक्रमितको मृत्यु भएको थियो ।

आज मृत्यु भएसँगै बाँकेमा आएर अन्य जिल्लाका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३८६ पुगेको छ ।

 

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ४२ बजे

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन