१७ बैशाख २०८१, सोमबार | April 29, 2024

कांग्रेस वरिष्ठ नेता पौडेलले बोलाए आफु निकट केन्द्रीय सदस्यको भेला



काठमाडौं । नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् ।

भदौमा हुने भनिएको महाधिवेशन अन्यौलमा परेपछि नयाँ रणनीति बनाउन पौडेलले निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका हुन् ।

आज दिउँसो ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने भेलामा महाधिवेशन स्थगित भएको अवस्थामा कस्तो रणनीतिमा अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । भेलामा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।

कांग्रेसले क्रियाशील सदस्यता विवाद समाधान गर्न नसकेका कारण भदौ १६देखि १९ सम्म हुने भनेको १४औं महाधिवेशन नै अन्यौलमा परेको छ । महाधिवेशन अन्यौलमा पर्दा पार्टीको वैधानिकता नै समाप्त हुने भन्दै कांग्रेसवृत्तमा चिन्ता थपिएको छ । पौडेल पक्षले समयमै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ ।

महाधिवेशनको अन्यौलताबारे छलफल गर्नैका लागि कांग्रेसले यही साउन २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ११ : ३५ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव