२८ भदौ २०८३, आइतबार | September 13, 2026

मोटरसाइकल चोरी भएको २४ घण्टा नबित्दै मोटरसाईल सहित चोर पक्राउ



काठमाडौँ । किर्तिपुर नगरपालिका –९, नगाउँ स्थित आफु बस्दै आएको घर अगाडी पार्किङ्ग गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाईकल चोरी भएको २४ घण्टा नबित्दै महानगरिय ट्राफिकले चोर सहित फेला पारेको छ । चोरी भएको २४ घण्टा नवित्दै ट्राफिक प्रहरीले मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका – ७ घर भई हाल काठमाण्डौ नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका – २ घर भई नारायणटार बस्ने दिपक सिंजाली मगर रहेका छन् ।

चोरी भएको सुचना प्राप्त हुनासाथ महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी विना चावी डाईरेक्ट स्टार्ट गरेर नम्वर प्लेट समेत परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सुर्यविनायक नगरपालिका – ९, पलासेबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उक्त मोटरसाइकल श्रावण २३ गते रातको समयमा काठमाडौँ किर्तिपुर नगरपालिका – ९, नगाउँबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि स्याङ्जा आधिखोला गाउँपालिका – ५ घर भई हाल किर्तिपुर बस्ने मुक्ति प्रसाद पौडेलले महाशाखामा निवेदन दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त,किर्तिपुरमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ३ : २८ बजे

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको