९ भदौ २०८३, मंगलबार | August 25, 2026

मोटरसाईकल चोरी गर्ने बुटवलका २ सहित ५ जना पक्राउ



बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका वडा एरिया अन्तर्गत विभिन्न स्थानहरुबाट बिभिन्न समयमा हराएका सवारी साधनहरु (मोटर साईकल र स्कुटर) चोरी गर्ने समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवलका २ सहित ५ जना रहेका छन् ।

प्रहरीका अनुसार चोरी भएका मोटरसाईकल पिहत पक्राउ पर्नेहरुमा बुटवल उप(महानगरपालिका वडा नं.११ का २८ वर्षिय मनु थापा, सोही स्थानका २३ वर्षिय कमल बहादुर गाहा मगर, कोटहिमाई गाउँपालिका वडा नं.३ घर भएका २६ वर्षिय राजेश यादव, सोही स्थानका १९ वर्षिय धिरेन्द्र यादव र मायादेवी गाउँपालिका वडा नं. ३ का १९ वर्षिय सोनु बनिया रहेका छन् ।

इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट चोरी भएका सवारी साधनहरु र चोरी गर्ने व्यक्तिहरुलाई पहिचान एवम् खोजतलास गर्दै जाने क्रममा पक्राउ परेका ५ जनाबाट सवारी साधनहरु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई आजै रुपन्देही जिल्ला अदालतमा पेश गरेर ७ दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चोरी कसुर शिर्षकमा थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १० : ५० बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै