४ पुस २०८२, शुक्रबार | December 20, 2025

मोटरसाइकल चोरी भएको २४ घण्टा नबित्दै मोटरसाईल सहित चोर पक्राउ



काठमाडौँ । किर्तिपुर नगरपालिका –९, नगाउँ स्थित आफु बस्दै आएको घर अगाडी पार्किङ्ग गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाईकल चोरी भएको २४ घण्टा नबित्दै महानगरिय ट्राफिकले चोर सहित फेला पारेको छ । चोरी भएको २४ घण्टा नवित्दै ट्राफिक प्रहरीले मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रामेछाप खाडादेवी गाउँपालिका – ७ घर भई हाल काठमाण्डौ नारायणटार बस्ने वर्ष १८ को सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका – २ घर भई नारायणटार बस्ने दिपक सिंजाली मगर रहेका छन् ।

चोरी भएको सुचना प्राप्त हुनासाथ महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी विना चावी डाईरेक्ट स्टार्ट गरेर नम्वर प्लेट समेत परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सुर्यविनायक नगरपालिका – ९, पलासेबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उक्त मोटरसाइकल श्रावण २३ गते रातको समयमा काठमाडौँ किर्तिपुर नगरपालिका – ९, नगाउँबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि स्याङ्जा आधिखोला गाउँपालिका – ५ घर भई हाल किर्तिपुर बस्ने मुक्ति प्रसाद पौडेलले महाशाखामा निवेदन दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त,किर्तिपुरमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ३ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको