२० असार २०८३, शनिबार | July 4, 2026

महन्त ठाकुर बने आजबाट जसपाको साधारण सदस्य



काठमाडौं । उपेन्द्र यादव अध्यक्ष भएकाे जनता समाजवादी पार्टीकाे ३५ सदस्सीय कार्यकारिणी समितिलाई निर्वाचन आयोगले अद्यापधिक गरिदिएसँगै हिजो सम्म कानुनीरुपमा अध्यक्ष रहेका महन्थ ठाकुर अब जसपाका पूर्व अध्यक्ष बनेका छन् । निर्वाचन आयोगले जसपाको कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेपछि ठाकुर पूर्व अध्यक्ष बनेका हुन् ।

उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि निर्वाचन आयोगमा नयाँ कार्यकारिणी समितिको विवरण अद्यावधिक भएको छ । आधिकारिकता पाएको यादव पक्षले पठाएको विवरण अद्यावधिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले ३५ सदस्यीय नयाँ कार्यकरिणी समितिलाई अद्यावधिक गरिएको श्रेष्ठले बताए । यादव पक्षले आधिकारिकता पाएसँगै ठाकुर पक्षले मधेशका जिल्लाहरुमा राजनीतिक अभियान सञ्चालन गरिरहेको छ । कानुनतः ठाकुर अब जसपाको साधारण सदस्य मात्रै रहेका छन् । उता आधिकारिकता पाएको जसपाको केन्द्रीय कार्यकारिणी समितिले ठाकुर पक्षमा लागेका नेताहरुलाई आत्मालोचना सहित पार्टीमा आए जिम्मेवारी दिन सकिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : ०१ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि