१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

महन्त ठाकुर बने आजबाट जसपाको साधारण सदस्य



काठमाडौं । उपेन्द्र यादव अध्यक्ष भएकाे जनता समाजवादी पार्टीकाे ३५ सदस्सीय कार्यकारिणी समितिलाई निर्वाचन आयोगले अद्यापधिक गरिदिएसँगै हिजो सम्म कानुनीरुपमा अध्यक्ष रहेका महन्थ ठाकुर अब जसपाका पूर्व अध्यक्ष बनेका छन् । निर्वाचन आयोगले जसपाको कार्यकारिणी समितिको विवरणलाई अद्यावधिक गरेपछि ठाकुर पूर्व अध्यक्ष बनेका हुन् ।

उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि निर्वाचन आयोगमा नयाँ कार्यकारिणी समितिको विवरण अद्यावधिक भएको छ । आधिकारिकता पाएको यादव पक्षले पठाएको विवरण अद्यावधिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगले ३५ सदस्यीय नयाँ कार्यकरिणी समितिलाई अद्यावधिक गरिएको श्रेष्ठले बताए । यादव पक्षले आधिकारिकता पाएसँगै ठाकुर पक्षले मधेशका जिल्लाहरुमा राजनीतिक अभियान सञ्चालन गरिरहेको छ । कानुनतः ठाकुर अब जसपाको साधारण सदस्य मात्रै रहेका छन् । उता आधिकारिकता पाएको जसपाको केन्द्रीय कार्यकारिणी समितिले ठाकुर पक्षमा लागेका नेताहरुलाई आत्मालोचना सहित पार्टीमा आए जिम्मेवारी दिन सकिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ४ : ०१ बजे

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले

बुटवलको पाखापानीमा एक पुरुष मृत फेला

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरापलिका-२ पाखापानीमा एक पुरुष बिहीबार विहान

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी । – (नाउपा)का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो