काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो ।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ । १३ औं साफमा नेपाल, भारत,बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ ।
साफ च्याम्पियनसिपका लागि माल्दिभ्स र नेपाललाई प्रस्ताव पेश भएको थियो । कोरोनाका कारण देखाउदै एन्फाले माल्दिभ्सलाई आयोजना गर्ने बताएको छ ।
प्रतिक्रिया