मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैंको टीका लगाइने भएको छ । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दशैंको अवसरमा सर्वसाधारणलाई दशैंको टीका, जमरा र आर्शिवाद दिने कार्यक्रम रहेको बताए ।
विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी दशैंको टीका, जमरा लगाएर सर्वसाधारणलाई आशिर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ । आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दशैं टीका लगाइदिने व्यवस्था गरिएको हो ।
दशैंको दिन बिहान ५ बजेदेखि मुक्तिनाथमा भगवानको नित्य आराधना सुरु हुनेछ । अराधना सकिएलगत्तै दशैंको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए । भगवानको नित्य कर्म करिब २ घण्टासम्म चल्नेछ ।

















प्रतिक्रिया