१९ बैशाख २०८१, बुधबार | May 2, 2024

सैनामैनामा जमिनमुनी गाडिएको २ लाख बढी मुल्यको सालको गोलिया बरामद



बुटवल । रुपन्देहीको सैनामैना काठ तस्करीको कैनद्र बन्दै गएको छ । निजी सवारी साधनबाट सालको गोलिया निकासी हुँदै गरेको अवस्थामा पक्राउ परेको दोस्रो दिन जमिन मुनी ठुलो परिमाणमा सालको गोलिया फेला परेको छ ।

जिल्ल प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय सालझण्डीको संयुक्त टोलिले सैनामैना नगरपालिका ११ पिपलडाँडा स्थित फोहोर फ्याक्ने डम्पिङ साईडमा जमिन मुनि सालको काठ फेला पारेको हो । ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट प्रहरी निरीक्षक दिवाकर रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले जमिनमुनि लुकाई छिपाई राखेको १३ गोलिया ९४।५३ क्यू फिट सालको काठ बामद गरेको प्रहरीले जनाएको छ । प्रहीका अनुसार बरामद भएको काठको अन्दाजी मुल्य २ लाख ३५ हजार रहेको छ ।

बरामद भएको अबैध सालकोकाठ आवश्यक कारवाहीको लागि कञ्चन सव( डिभिजन बन कार्यालय फायरलाईन रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ३ : १३ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी