११ भदौ २०८३, बिहिबार | August 27, 2026

लुम्बिनी प्रादेशिक अस्पताल भित्रै ब्लड बैंक सञ्चालन हुँदै, रुपन्देही ब्यापार संघले लगानी गर्ने



बुटवल । रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल परिषरमा ब्लड बैंक नभएका कारण विरामीलाई समस्या परिरहेका बेला रुपन्देही व्यापार संघले आफ्नै लगानीमा अस्पताल परिषर भित्रै ब्लड बैंक स्थापना गरिदिने भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक एवं भौतिक व्यवस्थानमा रुपन्देही व्यापार संघको लगानीमा प्रादेशिक अस्पतालमा रक्तसंञ्चार केन्द्र (ब्लड बैंक) स्थापना हुने भएको हो ।

मंगलवार एक कार्यक्रमका बीच अस्पताल प्रशासन र ब्यापार संघ बीच ब्लड बैंक स्थापनाका लागि संस्थागत रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । १० बुँदे सम्झौता पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालकातर्फबाट अस्पताल विकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र मेसु डा. राजेन्द्र खनालले हस्ताक्षर गरेका छन् भने रुपन्देही ब्यापार संघकातर्फबाट अध्यक्ष यमलाल लोहनी, महासचिव दयानीध भण्डारी र कोषाध्यक्ष दिपक अधिकारीले हस्ताक्षर गरेका छन् ।

अस्पतालको परिषरमा अस्पतालले उपलब्ध गराएको भौतिक संरचनामा रुपन्देही ब्यापार संघको लगानीमा ब्लड बैंकलाई आबश्यक पर्ने सम्पूर्ण उपकरण उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । ब्लड बैंकलाई नियमित संचालन गर्नका लागि ७ सदस्यि सञ्चालक समिति गठन गर्ने जसमा रुन्देही व्यापार संघकातर्फबाट ३, अस्पताल विकास समितिबाट २, स्थानिय सरकार बुटवल उपमहानगरपालिकाबाट १ तथा जिल्ला प्रशासनबाट एक जनाको प्रतिनिधित्व रहने सम्झौता पत्रमा लेखिएको छ ।

प्रस्तावित ब्लड बैंकले गरिब, असाय र अशक्त विरामीलाई निशुल्क सेवा दिने प्रतिवद्धता संझौतामा जनाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ६ : ४३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि