३० चैत्र २०८२, सोमबार | April 13, 2026

रिसोर्ट सर्दै रमाइलो गर्दै लुम्बिनी प्रदेशका विपक्षी सांसदहरु



बुटवल । सत्तारुढ दलबाट चोरिन सक्ने डरले सोमबारबाट कपिलवस्तुको राजापानी रिसार्टमा राखिएका लुम्बिनी प्रदेशमा विपक्षीदलका सांसदहरुलाई आज लुम्बिनी स्थित लुम्बिनी गार्डेन रिसोर्टमा सारिएको छ । आवश्यक रणनिती बनाउन भन्दै कपिलवस्तुको रिसोर्टमा राखिएका सांसदहरुलाई लुम्बिनीको समेत भ्रमण गराउने गरि लुम्बिनीमा सारिएको हो ।

विपक्षी गठबन्धनका ३४ सांसदको समावदेशनका आधारमा बुधबार दिंउसोबाट प्रारम्भ हुने प्रदेशसभाको विशेष अधिवेशनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध पेश भएको अविश्वासको प्रस्तावको किनारा नलाग्दा सम्म सांसदहरुले रिसोर्टमा बस्ने व्यवस्था मिलाईएको छ । प्रदेशसभामा एक तिहाई बढी सांसदहरुको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार १ बजेका लागि प्रदेशसभाको विशोष अधिवेशन आह्वान गरेका छन् ।

विपक्षीहरुले संसद सचिवालयमा दर्ता गराएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव उपर प्रदेशसभामा छलफल हुने छ । प्रदेशसभामा बैशाख देखि अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले बिभिन्न बहानमा सरकार टिकाएर राखेका छन् । सरकारसँग ३८ मत मात्र रहेको प्रदेशसभामा विपक्षीसँग ४१ मत रहेको विपक्षीहरुले दाबी गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले अन्तिम अस्त्रकारुपमा सर्वोच्च अदालतमा आफ्नै पार्टीका सांसद लिला गिरीको तर्फबाट रिट दायर गराएर संसद अधिवेशन स्थगित गराउने प्रयास थालेपनि आज सो रिट हेर्न नभ्याउनेमा परेको छ । बुधबारको बैठकमा टेवल भई बुधबार नै मतदान गराउने रणनितीमा विपक्षी गठबन्धन रहेको छ भने बुधबार बिहानका लागि सत्तारुढ एमालेले संसदीय दलको बैठक डाकेको छ । काेराेना संक्रमणले च्याप्दै गएकाे अवस्थामा सत्ताकाे खेल लम्ब्याउन नहुने कांग्रेस प्रमुख सचेतक फकरुद्दीन खानले बताए । उनले बुधबार नै अविश्वासकाे प्रस्तावकाे छिनाेफानाे गरिने जानकारी दिए ।

सत्तापक्षले पटक पटक विपक्षी सांसदहरुलाई बिभिन्न आश्वासन दिएर फकाउन खोजेको विपक्षीको आरोप छ । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनमा २ जना सांसदहरु रहश्यमयरुपमा केहि समय सम्पर्क बिहिन भएकोमा विपक्षीले सत्ता पक्षको षडयन्त्र भएको बताएका छ । विपक्षी गठबन्धकी सांसद विमला खत्री वलीले सत्रापक्षका प्रमुख सचेतकबाट आफु अपहरणमा परेको र मुख्यमन्त्रीले बन्धक बनाएको आरोप समेत लगाएकी छिन् ।

 

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ७ : ४३ बजे

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

वीरगन्ज । सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरले राष्ट्रिय तथा सहायक