२५ चैत्र २०८२, बुधबार | April 8, 2026

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पोखरेल विरुद्ध परेको अविश्वासको प्रस्ताव संसदको विशेष अधिवेशनबाट पास हुने देखिएपछि उनले राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाएका छन् ।

राजीनामा दिनु अघि पोखरेलले आजै बिहान मुख्यमन्त्रीको सरकारी निवासमा संसदीय दल र मन्त्रिरिषदको बैठक बोलाएका थिए ।

संसदमा बहुमत नपुग्ने निश्चित भएपछि अदालतको अन्तरिम आदेशबाट अधिवेशन रोकिने अपेक्षा सहित काठमाडौं पुगेका पोखरेल अनुकुल सर्वोच्चबाट पनि नहुने देखिएपछि उनी राजीनामामो मनस्थितीमा पुगेका थिए । पोखरेलले शुरुमा अधिवक्ता प्रवेश केसी मार्फत र पछि पूर्वमन्त्री लिला गिरी मार्फत सर्वोच्चमा रिट हाल्न लगाएकोमा सर्वोच्चले अधिवक्ता केसीको रिटमा दरपीठ गरिदिएको थियो भने गिरीको रिट हेर्न नभ्याउनेमा रोखिएको छ ।

प्रदेश प्रमुखको आह्वानमा आज विशेष अधिवेशन हुने निश्चित भएपछि मंगलबार मात्र मुख्यमन्त्री सहितका एमालेका प्रदेश नेताहरु बुटवल फर्केका थिए ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएसँगै माओवादी केन्द्रका संसदीयदलका नेता कुल प्रसाद केसी लुम्बिनी प्रदेशका मुख्यमन्त्री हुने भएका छन् । सम्भवत आज साँझ सम्ममा प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनकालागि प्रस्ताव आह्वान गर्ने छन् ।

पोखरेल सरकारको विपक्षी गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, मामाओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १ : ०३ बजे

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना